शनिबार, आश्विन १७,२०८३ 07:26:50
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 07:26:50
Bizshala
Global IME Bank Limited

तुइनखोलाको पहिरो रोक्न ‘नेलिङ’ प्रविधि अपनाइँदै

Bizshala
तुइनखोलाको पहिरो रोक्न ‘नेलिङ’ प्रविधि अपनाइँदै
New Office

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा निरन्तर पहिरो खस्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाउने तयारी गरेको छ।

गत वर्षदेखि वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिएपछि पहिरो रोकथामका लागि ‘नेलिङ’ प्रविधिसहित ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रविधि प्रयोग गर्ने तयारी गरिएको हो।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार हाल तुइनखोलाको पहिरो क्षेत्रमा माथिबाट खस्न सक्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ।

तुइनखोलामा गरिने पहिरो रोकथामको मुख्य उपायका रूपमा ‘नेलिङ’ प्रविधि प्रयोग गरिने सडक डिभिजनले जनाएको छ। यस प्रविधिमा भिरको स्लोपलाई बलियो बनाउन किला वा रडजस्ता संरचना प्रयोग गरिन्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पहिरो गएको भीर काटेर ठूला ढुङ्गा हटाउँदै स्लोप निर्माण गर्ने काम भइरहेको छ। त्यसपछि सो क्षेत्रमा नेलिङ प्रविधि प्रयोग गरिने प्रमुख इन्जिनियर लामिछानेले बताए।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक नेट प्रयोग गरिनेछ। साथै, पहिरो रोकथामका लागि बायोइन्जिनियरिङ प्रविधिलाई समेत प्राथमिकता दिइनेछ।

पहिरो जाने क्षेत्रमा जमेको वा रसाएको पानीले जमिनको संरचना कमजोर बनाउने भएकाले पानीलाई सुरक्षित रूपमा बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकासको व्यवस्था पनि गरिने भएको छ।

स्लोपभित्रको पानी बाहिर निकाल्दा जमिनमा पानीको दबाब कम हुने र पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने सडक डिभिजनको अपेक्षा छ।

बिहान ८ः३० बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारीसाधन सञ्चालन गर्न दिइएको छ। जोखिम बढी हुने समयलाई ध्यानमा राख्दै बाँकी अवधिमा सडकमा पहिरो नियन्त्रण तथा व्यवस्थापनको काम भइरहेको छ।

त्यस्तै, बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.