काठमाण्डौ । सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी सवारीसाधन सञ्चालन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई कारबाही गरेको छ।
राज्यमन्त्री कुँवर भने गाडीमा सवार नरहेको अवस्थामा सरकारी सवारी सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ। सुपप्र ०१–००१ झ ०३९७ नम्बरको उक्त गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत कारबाही गर्दै ५ सय रुपैयाँ जरिवाना गरिएको हो।
सार्वजनिक बिदाका दिन सरकारी सवारी सञ्चालन गर्न आवश्यक अनुमति लिनुपर्ने व्यवस्था छ। सो प्रक्रिया पूरा नगरी गाडी चलाइएको पाइएपछि चालकलाई कारबाही गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।