मंगलवार, भाद्र ३०,२०८३ 09:14:27
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 09:14:27
Bizshala
Global IME Bank Limited

बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित

बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित
New Office

काठमाण्डौ । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मत र निर्माणका कारण प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित भएका छन्।

काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

रसुवामा मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध रहेको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सोही गाउँपालिकाको वडा नम्बर १० ज्वालामुखी तथा पृथ्वी राजमार्गको शीतलबजार क्षेत्रमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ।

चितवनको तुइनखोला–नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मतका कारण सवारीसाधनको चापअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ।

यसैगरी, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले बाढी, पहिरो तथा सडकको अवस्थालाई ध्यान दिई प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.