मंगलवार, भाद्र ३०,२०८३ 12:58:09
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 12:58:09
Bizshala
Global IME Bank Limited

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत ‘PMGO South Asia Finals 2026’ काठमाडौंमा हुँदै

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत ‘PMGO South Asia Finals 2026’ काठमाडौंमा हुँदै
New Office

काठमाडौं। नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा ‘PMGO South Asia Finals 2026’ आयोजना हुने भएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगिताले दक्षिण एसियाली क्षेत्रका प्रतिस्पर्धी गेमरलाई एउटै मञ्चमा ल्याउनुका साथै नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

प्रतियोगितालाई खेलाडीबीचको प्रतिस्पर्धामा मात्रै सीमित नराखी दर्शक र सहभागीका लागि मनोरञ्जनात्मक अनुभवसमेत प्रदान गरिने भएको छ। कार्यक्रमस्थलमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपिरियन्स जोन’ सञ्चालन गरिनेछ, जहाँ विभिन्न खेल, चुनौतीपूर्ण गतिविधि, प्रतिस्पर्धा, फोटो खिच्ने अवसर र तत्काल उपहार वितरणलगायत कार्यक्रम समावेश हुनेछन्।

प्रतियोगिता अवधिभर ‘एक्स्ट्रिम फन एन्ड एक्सपिरियन्स जोन’, ‘वाच पार्टी जोन’, ‘एक्स्ट्रिम गेमिङ च्यालेन्ज’ तथा ‘एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोन’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

Muktinath Bikas Bank Limited

चार दिनसम्म चल्ने प्रतियोगिताले गेमिङ प्रतिस्पर्धासँगै दर्शकलाई मनोरञ्जन, सहभागिता र नयाँ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ। आयोजकले यस कार्यक्रमबाट नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको विस्तार र प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.