काठमाण्डौ । न्याय सेवा आयोगले सर्वोच्च अदालतमा कार्यरत दुई सहसचिवलाई सचिव (रजिष्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले सहसचिव ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
आयोगको सिफारिससँगै अब उनीहरूको बढुवासम्बन्धी प्रक्रिया अगाडि बढ्नेछ।
कट्टेल र दाहाल दुवै सर्वोच्च अदालतमा सहसचिवका रूपमा कार्यरत छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।