मंगलवार, भाद्र ३०,२०८३ 01:36:10
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 01:36:10
Bizshala
Global IME Bank Limited

हिमालले बेहोरेको क्षति राष्ट्रसंघमा सुनाउँछु’: प्रधानमन्त्री शाह

मुस्ताङको जलवायु सम्मेलनमा सन्देश– हिमाली क्षेत्रले भोगिरहेको संकट विश्व समुदायलाई सुनाइने

हिमालले बेहोरेको क्षति राष्ट्रसंघमा सुनाउँछु’: प्रधानमन्त्री शाह
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षति र हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको मुद्दा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रभावकारी रूपमा उठाउने बताएका छन्।

मुस्ताङको जोमसोममा मंगलबार सुरु भएको ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ लाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालमा परेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताएका हुन्।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन (मोहन थकाली) ले सम्मेलन उद्घाटनका क्रममा प्रधानमन्त्रीको सन्देश पढेर सुनाएका थिए।

प्रधानमन्त्री शाहले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्र सबैभन्दा बढी प्रभावित भइरहेको उल्लेख गरेका छन्। हिमनदी पग्लिने, हिमताल फुट्ने, पानीका मुहान सुक्ने तथा मौसमको परम्परागत चक्रमा परिवर्तन आउनेजस्ता असरले हिमाली क्षेत्रको जनजीवन, कृषि र जैविक विविधतामाथि प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ छ।

उनले यस्ता चुनौती सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

Shivam Cement
Bizshala
CG Motors

“जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो,” प्रधानमन्त्री शाहको सन्देशमा भनिएको छ, “संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षतिबारे हामीले स्पष्ट पार्नेछौँ।”

प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सहकार्य गर्न आह्वान गर्ने पनि जनाएका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिकाको अगुवाइमा गण्डकी प्रदेश सरकार, स्थानीय तह, अन्नपूर्ण क्षेत्र तथा विभिन्न निकायको सहयोगमा भदौ ३० र ३१ गते जोमसोममा जलवायु सम्मेलन आयोजना गरिएको हो।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने कार्यक्रम छ। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने तय भएको छ भने असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.