मंगलवार, भाद्र ३०,२०८३ 02:44:12
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 02:44:12
Bizshala
Global IME Bank Limited

६ महिनादेखि तेल चोरीको जालो ? दुई ट्याङ्कर समातिएपछि आयल निगममाथि प्रश्न

६ महिनादेखि गिरोह सक्रिय रहेको स्रोतको दाबी, आयल निगम भलवारी डिपोका अधिकारीमाथि पनि उठ्यो प्रश्न

६ महिनादेखि तेल चोरीको जालो ? दुई ट्याङ्कर समातिएपछि आयल निगममाथि प्रश्न
New Office

 

काठमाण्डौ । भारतबाट नेपाल आयल निगमको भलवारी डिपोतर्फ ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बीच बाटोमै निकालेर चोरी गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्याङ्करसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार बिहान भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा लु. २ ख १५४४ र लु. १ ख ६५०४ नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको थियो।

ती ट्याङ्कर भारतबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल आयल निगमको भलवारी डिपोतर्फ आउँदै थिए।

Shivam Cement
Bizshala
CG Motors

स्रोतका अनुसार भलवारी डिपोका लागि तेल ढुवानी गर्ने केही ट्याङ्कर व्यवसायी र आयल सेन्टर सञ्चालकको मिलेमतोमा पछिल्लो करिब ६ महिनादेखि बीच बाटोमै तेल निकालेर बिक्री गर्ने काम भइरहेको आशंका गरिएको छ।

एक ट्याङ्करबाट दैनिक ५ हजार लिटरसम्म पेट्रोलियम पदार्थ निकालेर बेच्ने गरिएको आरोपसमेत स्थानीय स्तरमा उठ्दै आएको छ। यद्यपि उक्त परिमाण र दाबीको आधिकारिक पुष्टि भइसकेको छैन।

घटनाले नेपाल आयल निगमको भलवारी डिपोको निगरानी प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको सिल बीच बाटोमै तोडिँदा त्यसको परीक्षण किन भएन, आयात गरिएको परिमाणको नियमित नापजाँच किन भएन र यस्तो गतिविधि लामो समयसम्म कसरी सम्भव भयो भन्ने प्रश्न उठ्न थालेका छन्।

 

Muktinath Bikas Bank Limited

यिनै आधारमा डिपोका केही अधिकारीको सम्भावित संलग्नताबारे समेत आशंका व्यक्त गरिएको छ। तर उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि भएको विवरण भने सार्वजनिक भइसकेको छैन।

यसअघि पनि भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट तेल चोरी हुने गरेको घटना सार्वजनिक हुँदै आएका थिए।

प्रहरीले नियन्त्रणमा लिएका ट्याङ्कर र पक्राउ परेका सहचालकमाथि थप अनुसन्धान अघि बढाएको छ।

यो घटनाले पेट्रोलियम ढुवानीमा प्रयोग हुने सिल प्रणाली, ट्याङ्करको ट्र्याकिङ, परिमाण परीक्षण र डिपो प्रवेशअघि हुने निरीक्षण प्रक्रियामाथि नै छानबिन आवश्यक देखाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.