बिहीबार, आश्विन १,२०८३ 10:02:16
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 10:02:16
Bizshala
Global IME Bank Limited

भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन

भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन
New Office

काठमाण्डौ ।  आफू तथा आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ।

भूमि समस्या समाधान समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट रुजु गर्दा उनीहरू तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएपछि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

Shivam Cement
Bizshala
CG Motors

समितिका अनुसार आफू र आफ्नो परिवारको नाममा कतै पनि जग्गा नभएको स्वघोषणा गरेका तर सरकारी अभिलेखमा जग्गा रहेको देखिएका चार जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला समितिमा सिफारिस गरिएको छ।

भूमि अभिलेखबाट प्राप्त विवरणअनुसार इलाम, ताप्लेजुङ, झापा र काभ्रे जिल्लामा उनीहरू तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको समितिको पत्रमा उल्लेख छ।

Muktinath Bikas Bank Limited

समितिले भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूले गरेको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको भेटिएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

झुटा विवरण पेस गरी भूमिहीनका लागि उपलब्ध हुने सुविधा लिन खोजेको पुष्टि भएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही गर्न समितिले सम्बन्धित जिल्ला समितिलाई आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.