काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भृकुटीमण्डपमा सञ्चालन भइरहेको ९औँ नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ मा सहभागिता जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा बैंकले घरजग्गा खरिद तथा घर निर्माणका लागि आवश्यक कर्जाबारे परामर्श, सहजीकरण र समन्वय गर्ने जनाएको छ।
बैंकले ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले एक्स्पोमा सहभागिता जनाएको बताएको छ।
एक्स्पो अवधिमा घर तथा जग्गा खरिद र घर निर्माण कर्जामा आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकका अनुसार भदौ महिनाका लागि यसको आधारदर ५.६४ प्रतिशत रहेको छ। यसले घरजग्गा खरिद तथा घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरको सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको भनाइ छ।
कर्जाबारे जानकारी तथा परामर्श लिन इच्छुक ग्राहकले एक्स्पोमा रहेको महालक्ष्मी विकास बैंकको स्टल नम्बर A21 मा सम्पर्क गर्न सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष संवाद गरी कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे जानकारी दिनेछन्।
महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।