शुक्रबार, आश्विन २,२०८३ 03:02:06
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 03:02:06
Bizshala
Global IME Bank Limited

लघुवित्तमा लाभांशको सिजन सुरु, ९ संस्थाको क्षमता २५% माथि, योग्य भने ३ मात्रै

कुनले कति देला ?

लघुवित्तमा लाभांशको सिजन सुरु, ९ संस्थाको क्षमता २५% माथि, योग्य भने ३ मात्रै
New Office

काठमाण्डौ । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुको लाभांश घोषणा सुरु भएको छ। गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल दिने क्रमको सुरुवात गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको छ ।

गुराँस लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् ।

गुराँस लघुवित्तको लाभांश घोषणासँगै अब बजारको ध्यान अन्य लघुवित्ततर्फ मोडिएको छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार संस्थाको लाभांश क्षमता २५ प्रतिशत छ तर नियामकीय व्यवस्थजाबमोजिम वा पूँजीकोष अनुपात र एनपीएलको अवस्थाअनुसार संस्थाले १० प्रतिशतसम्म लाभांश बाँड्न पाउने देखिएकोमा सोही प्रतिशतअनुसार नै लाभांश प्रस्ताव गरेको हो ।  

नेप्सेमा सूचीकृत कम्पनीमध्ये माइक्रोफाइनान्स समूहलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिनसक्ने क्षेत्रका रूपमा लगानीकर्ताले हेर्ने गरेका छन् । विगतमा कतिपय लघुवित्तले आकर्षक बोनस तथा नगद लाभांश वितरण गरेका कारण पनि लाभांशको सिजन सुरु हुँदा यो समूहप्रति लगानीकर्ताको चासो बढ्ने गर्छ ।

तर, यसपटक कुनै लघुवित्तको वित्तीय विवरणमा उच्च वितरणयोग्य नाफा देखियो भन्दैमा उसले त्यही अनुपातमा लाभांश घोषणा गर्न भने पाउँदैन ।

लाभांश क्षमताभन्दा शक्तिशाली राष्ट्र बैंकको ‘फिल्टर’

नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांशलाई अहिले दुई महत्वपूर्ण सूचकसँग जोडेको छ । लाभांश वितरणपछिको पूँजीकोष अनुपात र गत असार मसान्तको निष्क्रिय कर्जा अर्थात् एनपीएल ।

यी दुई सूचक कमजोर भएका संस्थासँग ठूलो वितरणयोग्य नाफा भए पनि त्यसअनुसार लाभांश दिन पाउने अवस्था हुँदैन ।

राष्ट्र बैंकले २०८२ भदौमा संशोधन गरेको व्यवस्थाअनुसार सबैभन्दा बलियो वित्तीय अवस्था भएको लघुवित्तले समेत बढीमा २५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउछ । लाभांश वितरणपछि पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र एनपीएल ५ प्रतिशतभन्दा कम रहेको संस्थाले मात्रै २५ प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था छ ।

Shivam Cement
Bizshala
CG Motors

कसले कति लाभांश दिन पाउँछ ?

राष्ट्र बैंकको व्यवस्थाअनुसार लाभांश वितरणपछिको पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएका लघुवित्तमध्ये एनपीएल ५ प्रतिशतभन्दा कम भए अधिकतम २५ प्रतिशत, एनपीएल ५ देखि १० प्रतिशत भए २० प्रतिशत र एनपीएल १० देखि १५ प्रतिशतसम्म भए अधिकतम १५ प्रतिशत लाभांश दिन पाउने व्यवस्था छ ।

त्यस्तै, पूँजीकोष अनुपात १० देखि १२ प्रतिशत कायम हुने संस्थाले एनपीएल ५ प्रतिशतभन्दा कम भए २० प्रतिशत, ५ देखि १० प्रतिशत भए १५ प्रतिशत र १० देखि १५ प्रतिशत एनपीएल भए १० प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न सक्छ ।

पूँजीकोष अनुपात ८ देखि १० प्रतिशत रहने लघुवित्तले भने एनपीएल ५ प्रतिशतभन्दा कम हुँदा अधिकतम १५ प्रतिशत, ५ देखि १० प्रतिशत हुँदा १० प्रतिशत तथा एनपीएल १० देखि १५ प्रतिशत हुँदा बढीमा ५ प्रतिशत मात्रै लाभांश दिन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, एनपीएल १५ प्रतिशतभन्दा बढी पुगेको लघुवित्तलाई लाभांश वितरण गर्नै रोक लगाइएको छ ।

Muktinath Bikas Bank Limited

१९ लघुवित्तको लाभांश क्षमता २५% माथि, बाँड्न योग्य ३ मात्रै

गत आर्थिक वर्षमा सबै लघुवित्त संस्था नाफामा उक्लिएका छन् । नाफासँगै अधिकांश लघुवित्तको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ ।

वित्तीय विवरणका आधारमा १९ वटा लघुवित्तको लाभांश क्षमता २५ प्रतिशतभन्दा माथि देखिएको छ । तर लाभांश क्षमता २५ प्रतिशतभन्दा बढी देखिँदैमा ती सबै संस्थाले त्यति नै लाभांश बाँड्न भने पाउने छैनन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांश वितरणमा खराब कर्जा अनुपात अर्थात् एनपीएल र लाभांश वितरणपछिको पूँजीकोष अनुपातलाई प्रमुख आधार बनाएको छ ।

यही नियामकीय व्यवस्थाका कारण वित्तीय विवरणमा २५ प्रतिशतभन्दा बढी लाभांश क्षमता देखिएका १९ संस्थामध्ये वास्तविक रूपमा २५ प्रतिशत लाभांश बाँड्न योग्य संस्था भने तीनवटा मात्रै देखिएका छन् ।

२५ प्रतिशतसम्म लाभांश बाँड्न योग्य संस्थाहरुमा छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त र नेशनल लघुवित्त रहेका छन् । 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.