शनिबार, आश्विन २४,२०८३ 01:33:25
Bizshala
  • शनिबार, आश्विन २४,२०८३ 01:33:25
Bizshala
Global IME Bank Limited

नेप्सेको बढोत्तरी कायमै, जानकार भन्छन्, ‘संस्थागत लगानीकर्ता पनि सक्रिय, CGT घटे दशैंपछि बजार एक लेभल माथि’

Bizshala
नेप्सेको बढोत्तरी कायमै, जानकार भन्छन्, ‘संस्थागत लगानीकर्ता पनि सक्रिय, CGT घटे दशैंपछि बजार एक लेभल माथि’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार २२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।  

आज फाइनान्स समूह र अन्य समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.५९ प्रतिशतले बढेको छ ।  त्यस्तै, विकास बैंक समूह ०.४० प्रतिशत, होटल तथा पर्यटन समूह ०.३३ प्रतिशत, हाइड्रो समूह ०.८५ प्रतिशत, लगानी समूह ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५५ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.७५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१९ प्रतिशत, निर्जीवन बीमा  समूह ०.४८ प्रतिशत र व्यापार समूह ०.८५ प्रतिशतले बढेको छ ।  

फाइनान्स समूह भने ०.०२ प्रतिशतले घटेको छ भने अन्य समूह ०.११ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार खोमनाथ प्याकुरेल भन्छन्, ‘सरकारले पूँजीगत लाभकर घटाउने भएपछि सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ, यदि पूँजीगत लाभकर घट्ने कुरा चाँडै कार्यान्वय हुने हो भने बजारले लय लिनेछ तर यो राजपत्रमा प्रकाशित भइसकेपछि निर्धारण हुनेछ । यसका साथै संस्थापक लगानीकर्ताहरु पनि विस्तारै सक्रिय देखिएका छन् । म्युचुअल फण्ड, बैंक बीमा र हाइड्रो कम्पनीहरुले बजारमा लगानी बढाउँदै लगेका छन् । तर अब चाडबाडको समय सुरु भइसकेकाले बजारलाई धेरै माथि जाने माहोल पनि नबन्ने देखिन्छ । यसबाहेक राष्ट्र बैंकले पनि समयमै सर्कुलर जारी गर्न सकेको छैन । सरकारले अब चाँडै सीजीटी घटाउने कुरा कार्यान्वयन गर्ने हो भने दशैंपछि मार्केट एक लेभलमा बढ्न सक्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने स्टकमा स्नो रिभर्स लिमिटेड रहेको छ । कम्पनीको सेयरभाउ १३.६६ प्रतिशतले बढेर १०५७ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, इन्फिनिटी लघुवित्तको ९.८१ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्नपीको ८.८४ प्रतिशत, याम्बालिङ्ग हाइड्रोको ६.२० प्रतिशत, बोटलर्स नेपाल (तराई)को ५.०६ प्रतिशत, एशियन हाइड्रोको ४.४७ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–२ को ४.३१ प्रतिशत, इङ्वा हाइड्रोको ४.२६ प्रतिशत, कुमारी बैंकको ४.१३ प्रतिशत र टक्सार पिखुवा खोला हाइड्रोको ३.८४ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । कम्पनीको सेयरभाउ १५ प्रतिशतले घटेर ४९९.८० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, धौलागिरी लघुवित्तको ५.१३ प्रतिशत, मातृभुमी लघुवित्तको २.६४ प्रतिशत, सनराईज फर्स्ट म्युचुअल फण्डको २.६१ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का् २.५३ प्रतिशत, ७% एनआईसी डिबेञ्चरको २.४८ प्रतिशत, भगवती हाइड्रोपावरको २.२४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको २.१७ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ को २.१२ प्रतिशत र आशा लघुवित्तको २.०६ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.