नेप्सेको बढोत्तरी कायमै, जानकार भन्छन्, ‘संस्थागत लगानीकर्ता पनि सक्रिय, CGT घटे दशैंपछि बजार एक लेभल माथि’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३४५ कम्पनीको २ करोड १२ लाख २७ हजार २२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज फाइनान्स समूह र अन्य समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ ।...

