शुक्रबार, आश्विन २,२०८३ 07:41:23
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 07:41:23
Bizshala
Global IME Bank Limited

आरबीबीको वीरेन्द्रनगर शाखामा तनाव : कर्मचारीमाथि धम्की र दबाब

आरबीबीको वीरेन्द्रनगर शाखामा तनाव : कर्मचारीमाथि धम्की र दबाब
New Office

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वीरेन्द्रनगर शाखामा कार्यरत एक कर्मचारीमाथि सेवाग्राहीबाट धम्की, दबाब तथा दुर्व्यवहार भएको भनिएको घटनाप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन)ले गम्भीर आपत्ति जनाएको छ।

बैंक, बीमा, लघुवित्त, पूँजीबजार तथा अन्य वित्तीय संस्थाका कर्मचारीको प्रतिनिधित्व गर्ने संघको राष्ट्रिय समितिले शुक्रबार ध्यानाकर्षणपत्र जारी गर्दै घटनाको निष्पक्ष तथा तथ्यपरक छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको हो।

संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा क्रियाशील आफ्नो आबद्ध प्रतिष्ठानस्तरीय संघले वीरेन्द्रनगर शाखामा कार्यरत कर्मचारीमाथि सेवाग्राहीबाट धम्की, अनुचित दबाब तथा दुर्व्यवहार भएको विषय सार्वजनिक गरेको थियो। उक्त घटनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सम्बन्धित कर्मचारीको पेसागत प्रतिष्ठामाथि समेत आघात पुर्‍याउने प्रयास भएको संघको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

फियुनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रचलित ऐन, नियम, विनियम र संस्थागत कार्यविधिअनुसार जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेको छ। सेवाग्राहीलाई कुनै गुनासो वा असन्तुष्टि भए सम्बन्धित बैंकको गुनासो सुनुवाइ संयन्त्र तथा प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोज्ने अधिकार रहेको पनि संघले स्पष्ट पारेको छ।

तर, गुनासोका नाममा कर्मचारीलाई व्यक्तिगत रूपमा धम्की दिने, दबाब सिर्जना गर्ने, कार्यस्थलमा असुरक्षित वातावरण बनाउने वा सामाजिक सञ्जालमार्फत पेसागत प्रतिष्ठामा आँच पुर्‍याउने कार्य स्वीकार्य नहुने संघको ठहर छ।

संघले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही गर्न जोडदार माग गरेको छ। साथै राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनलाई आफ्ना कर्मचारीको सुरक्षा, सम्मान र पेसागत मर्यादा सुनिश्चित हुने गरी सुरक्षित कार्यस्थल निर्माणका लागि तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।

Muktinath Bikas Bank Limited

“कर्मचारीमाथि हुने कुनै पनि प्रकारको धम्की, दबाब, दुर्व्यवहार तथा पेसागत मर्यादामाथिको हस्तक्षेपप्रति हाम्रो स्पष्ट आपत्ति छ,” संघले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, “कर्मचारीको अधिकार र सुरक्षाका लागि आवश्यक सबै संस्थागत तथा कानुनी पहलमा संघ दृढतापूर्वक साथ रहनेछ।”

फियुनले आफूले सरकारी तथा निजी क्षेत्रका ५१ वटा वित्तीय संस्थामा रहेका प्रतिष्ठानस्तरीय ट्रेड युनियनको नेतृत्व गर्दै आएको जनाएको छ। वित्तीय क्षेत्रका कर्मचारीको पेसागत हकहित संरक्षणसँगै पारदर्शिता, सुशासन र मर्यादित कार्यसंस्कृतिका लागि क्रियाशील रहेको उसको दाबी छ।

ध्यानाकर्षणपत्रमा संघका महासचिव विकास श्रेष्ठ र कार्यवाहक अध्यक्ष परशुराम खनालले हस्ताक्षर गरेका छन्। यद्यपि पत्रमा विवादको विस्तृत कारण, घटनाको मिति तथा संलग्न सेवाग्राही र कर्मचारीको परिचय खुलाइएको छैन। यस विषयमा राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापन तथा आरोपित सेवाग्राहीको औपचारिक प्रतिक्रिया पनि सार्वजनिक भइसकेको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.