आईतवार, आश्विन ४,२०८३ 01:52:19
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 01:52:19
Bizshala
Global IME Bank Limited

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
New Office

 

काठमाण्डौ । नेपालमा आगामी साता भारीदेखि अति भारी वर्षा हुन सक्ने संकेत देखिएको छ। मौसमविद्हरूले विशेषगरी असोज ८ देखि १२ गतेसम्म सक्रिय हुने सम्भावित मौसमी प्रणालीका कारण विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ छ।

यसैबीच, उत्तर अन्डमन सागर आसपासमा विकास भएको न्यूनचापीय क्षेत्र थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ। यही प्रणालीको प्रभाव नेपालसम्म आइपुगेमा वर्षाको गतिविधि तीव्र हुन सक्ने आकलन गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुन सक्ने देखिएको छ। दुवै प्रणाली एकसाथ सक्रिय भए नेपालतर्फ ठूलो मात्रामा जलवाष्प प्रवेश गर्न सक्ने र त्यसले विभिन्न स्थानमा भारी वर्षा गराउन सक्ने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले समेत विभिन्न मौसम पूर्वानुमान मोडलहरूमा ठूलो वर्षाको संकेत देखिएको बताएका छन्।

उनका अनुसार केही मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना देखाएका छन्। कतिपय मोडलमा वर्षाको मात्रा अझ धेरै देखिए पनि त्यसलाई अहिले नै निश्चित पूर्वानुमानका रूपमा लिन नमिल्ने उनको संकेत छ। तर, ठूलो वर्षाको सम्भावनालाई भने गम्भीर रूपमा लिनुपर्ने देखिन्छ।

Muktinath Bikas Bank Limited

मौसमविद्हरूले विशेषगरी सुदूरपश्चिम तथा मध्य नेपालका केही क्षेत्रमा वर्षाको प्रभाव बढी पर्न सक्ने बताएका छन्। भारी वर्षा भए बाढी, पहिरो, नदीको बहाव बढ्ने, सडक अवरुद्ध हुने तथा कमजोर भूभागमा क्षतिको जोखिम बढ्न सक्छ।

पछिल्ला केही वर्षमा असोज महिनामै पनि ठूलो वर्षा र बाढीपहिरोका घटना देखिएकाले यसपटक पनि मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउनुपर्ने विज्ञहरूको सुझाव छ।

पूर्वानुमान अझै केही दिन टाढाको भएकाले वर्षाको मात्रा, स्थान र तीव्रतामा परिवर्तन आउन सक्ने सम्भावना रहन्छ। त्यसैले आगामी दिनमा मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने अद्यावधिक सूचना तथा चेतावनीलाई आधार बनाएर आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.