कोशीदेखि सुदूरपश्चिमसम्म मौसम परिवर्तनशील, चट्याङसहित वर्षाको सम्भावना
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु प्रणाली तथा पूर्वीय वायुको आंशिक प्रभाव सक्रिय रहेको जनाएको छ।यी मौसमी प्रणालीहरूको संयुक्त प्रभावका कारण देशका विभिन्न भू-भागमा मौसममा विविधता देखिएको छ।

