बुधबार, आश्विन ७,२०८३ 05:49:30
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 05:49:30
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेनको आग्रह– असोज ९ देखि भारीदेखि अति भारी वर्षा, सतर्क रहनू

Bizshala
प्रधानमन्त्री बालेनको आग्रह– असोज ९ देखि भारीदेखि अति भारी वर्षा, सतर्क रहनू
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन पनि भनेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, मधेश र सुदूरपश्चिमका केही स्थानमा समेत भारीदेखि धेरै भारी तथा कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

उनले गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको उल्लेख गरेका छन्।

पानी परिरहेका बेला तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो र बाढीको जोखिम भएका स्थान तथा नदी–खोला आसपासमा विशेष सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन्।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न भनिएको छ। मौसम विज्ञान विभागले पनि उच्च हिमाली क्षेत्रमा भारी हिमपात तथा जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा ती निकायको निर्देशन पालना गर्नसमेत आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.