शुक्रबार, आश्विन ९,२०८३ 04:41:03
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 04:41:03
Bizshala
Global IME Bank Limited

पश्चिमतिर सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम

Bizshala
पश्चिमतिर सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको उच्च जोखिम
New Office

काठमाण्डौ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा वर्षा जारी रहँदा बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेको छ। मौसमविद्हरूका अनुसार हाल पूर्वी नेपालमा सक्रिय रहेको वर्षा प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै गएको छ।

यससँगै शनिबारदेखि पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही कम हुन सक्ने र पश्चिमी भूभागमा वर्षा थप तीव्र हुने पूर्वानुमान गरिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार शुक्रबार रातिदेखि गण्डकी, लुम्बिनी हुँदै सुदूरपश्चिमसम्म वर्षा बढ्ने सम्भावना छ। लुम्बिनी र गण्डकीका विभिन्न जिल्लामा भने बुधबारदेखि नै वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वका जिल्लालाई सतर्कता अपनाउनुपर्ने क्षेत्रका रूपमा देखाइएको छ भने गण्डकीदेखि पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही जिल्लालाई उच्च जोखिमको संकेत दिइएको छ।

निरन्तरको वर्षाका कारण खोला तथा नदीहरूको बहाव बढेको छ। विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा राजमार्गसमेत प्रभावित भएका छन्।

आज १२ जिल्लामा उच्च जोखिम

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरका साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शनिबार जोखिम क्षेत्र थप विस्तार हुने

असोज १० गते शनिबार उच्च जोखिममा पर्ने जिल्लाको संख्या थप बढ्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा साना नदी तथा खोलामा बहाव तीव्र रूपमा बढ्न सक्ने जोखिम छ।

आइतबारदेखि पनि सातै प्रदेशका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

यसैबीच सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा नियमित डुबान हुने क्षेत्रमा आगामी केही दिन उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ।

लगातारको वर्षासँगै पहिरो, डुबान, आकस्मिक बाढी र सडक अवरोधको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा आधिकारिक मौसम र बाढीसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.