आईतवार, असार १५,२०८२ 05:57:20
  • आईतवार, असार १५,२०८२ 05:57:20
Global IME Bank Limited

नेप्सेमा १.२२ खर्बको धितोपत्र सूचीकृत, आईपीओ मात्रै रु. ८५ अर्ब

Hyundai Nepal
नेप्सेमा १.२२ खर्बको धितोपत्र सूचीकृत, आईपीओ मात्रै रु. ८५ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब रुपैयाँ बढीको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब २२ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको हो ।  

जसमा ८४ अर्ब ९९ करोड बराबरको साधारण सेयर (आईपीओ),१९ अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस सेयर, १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ रहेको छ ।  

त्यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आवको नौ महिनामा २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसमा ९ अर्ब ८० करोड बराबरको साधारण सेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड रहेको छ ।  

नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहिन भएपछि करिब ६ महिनायता विभिन्न कम्पनीहरुको धितोपत्र निष्कासन प्रक्रिया रोकिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.