आईतवार, आश्विन ४,२०८३ 05:13:51
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 05:13:51
Bizshala
Global IME Bank Limited

१० कित्ताका लागि २३ लाखको दौड, बेनी हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै !

१० कित्ताका लागि २३ लाखको दौड, बेनी हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै !
New Office

काठमाण्डौ ।  बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भोलि अर्थात् असोज ५ गते बाँडफाँड हुने भएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।

कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक आवेदन परेको छ। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता सेयरका लागि आवेदन दिएका छन्।

उपलब्ध सेयरको तुलनामा माग अत्यधिक परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। तथ्यांकअनुसार माग उपलब्ध कित्ताको करिब ३० गुणा बढी रहेको छ।

बाँडफाँडमा ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी लाखौं आवेदकको हात खाली हुनेछ।

यस आधारमा बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिएका अधिकांश लगानीकर्ताका लागि १० कित्ता सेयर पाउनु पनि गोलाप्रथाको भाग्यमा निर्भर रहनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.