आईतवार, आश्विन ४,२०८३ 06:52:59
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 06:52:59
Bizshala
Global IME Bank Limited

बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पार्टससम्म छुटै छुट

बजाजको निःशुल्क चेकअप क्याम्प, लेबरदेखि स्पेयर पार्टससम्म छुटै छुट
New Office

काठमाण्डौ । चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प शुरुगरेको छ ।

असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ ।

चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ्ने भएकाले यात्राअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकताहरू समयमै पहिचान गर्न बजाजले ग्राहकलाई प्रोत्साहित गरेको हो । निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्न सक्नेछन् ।

क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजाजका अनुसार, नियमित निरीक्षण तथा समयमै गरिने मर्मतसम्भारले सम्भावित समस्याहरूलाई ठूलो समस्या बन्नुअघि नै पहिचान गर्न सहयोग पु¥याउन सक्छ । त्यसैले चाडपर्वको यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था जाँच गर्नु महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।

यो क्याम्पका लागि ग्राहकले छुट्टै कार्यक्रमस्थल वा तोकिएको क्याम्पमा जानुपर्ने छैन । नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा असोज ४ देखि असोज ९ गतेसम्म पुगेर निःशुल्क चेकअप सेवा लिन सकिनेछ ।

बजाजले मोटरसाइकल बिक्रीपछिको सेवामा समेत ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको जनाएको छ । राष्ट्रिय निःशुल्क चेकअप क्याम्पमार्फत ग्राहकलाई सहज रूपमा व्यावसायिक सर्भिस तथा मर्मतसम्भार सुविधा उपलब्ध गराउँदै सुरक्षित, सहज र भरपर्दो चाडपर्वको यात्राका लागि मोटरसाइकल तयार राख्न सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

बजाजको यो राष्ट्रिय निःशुल्क चेकअप क्याम्पअन्तर्गत ग्राहकले मोटरसाइकलको निःशुल्क चेकअप गराउन सक्नेछन् । साथै, चेकअपका क्रममा थप मर्मतसम्भार आवश्यक परेमा ग्राहकले लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि बजाजको २४ह७ हेल्पलाइन १६६००१७५५५५ वा ९८०१५७५५५५ मा सम्पर्क गर्न सकिनेछ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.