काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीहरूलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।