सोमबार, आश्विन ५,२०८३ 11:20:33
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 11:20:33
Bizshala
Global IME Bank Limited

१३ वर्षीया चिनियाँ बालिकाले एसियन गेम्समा जितिन् स्वर्ण पदक

१३ वर्षीया चिनियाँ बालिकाले एसियन गेम्समा जितिन् स्वर्ण पदक
New Office

काठमाण्डौ। चीनकी १३ वर्षीया पौडीबाज यू जिदीले एसियन गेम्सको पहिलो दिन महिलातर्फको २०० मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण पदक जितेकी छन्। उनले २ मिनेट ५.।०८ सेकेन्डमा दूरी पूरा गर्दै एसियन गेम्समा नयाँ कीर्तिमान कायम गरेकी हुन्।

यू जिदीले तीन वर्षअघि आफ्नै देशकी पौडीबाज झाङ युफेईले बनाएको कीर्तिमानभन्दा करिब आधा सेकेन्ड कम समयमा दौड पूरा गरिन्। उनले आफ्नै टोलीकी चाङ मोहानलाई तीन सेकेन्डभन्दा बढीको अन्तरले पछि पार्दै स्वर्ण पदक हात पारिन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्वर्ण जितेपछि यू जिदीले आफ्नो प्रदर्शनलाई ‘ठीकठाक’ मात्र भएको बताएकी छन्। उनले बटरफ्लाई प्रविधिमा अझै सुधार गर्नुपर्ने बताउँदै आफू आगामी प्रतियोगितामा अझ तीव्र गतिमा पौडिन चाहेको उल्लेख गरिन्।

उनले आफ्नो समय ०.९ सेकेन्डले सुधार गर्न सफल भएको बताउँदै आगामी पटक अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छन्।

यू जिदीलाई सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिकका लागि चीनकी उदीयमान पौडी खेलाडीका रूपमा हेरिएको छ। एसियन गेम्समा उनले अझै दुई व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन्।

यसअघि पनि यू जिदीले १२ वर्षको उमेरमा विश्व पौडी च्याम्पियनसिपमा पदक जितेर चर्चा बटुलेकी थिइन्। उनी गत वर्ष चीनको ४×२०० मिटर फ्रिस्टाइल रिले टोलीको सदस्यसमेत थिइन्। उक्त टोलीले कांस्य पदक जितेको थियो।

यससँगै यू जिदी विश्व च्याम्पियनसिपमा पदक जित्ने सबैभन्दा कम उमेरकी पौडी खेलाडी बनेकी थिइन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.