सोमबार, आश्विन ५,२०८३ 01:07:36
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 01:07:36
Bizshala
Global IME Bank Limited

डाटा सेन्टरको प्राविधिक समस्याले आज सेयर कारोबार नहुने

डाटा सेन्टरको प्राविधिक समस्याले आज सेयर कारोबार नहुने
New Office

काठमाण्डौ । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को सोमबारको नियमित सेयर कारोबार प्रभावित भएको छ। ब्रोकर कम्पनीहरूको सर्भर व्यवस्थापन हुँदै आएको डाटा हब प्रालिमा समस्या देखिएपछि निर्धारित समयमा बजार सञ्चालन गर्न नसकिएको हो।

नेप्सेका अनुसार डाटा हबको सर्भरमा असोज ४ गते बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेको भए पनि सोमबारसम्म समस्या पूर्ण रूपमा समाधान हुन सकेन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्भरमा समस्या कायम रहेकै अवस्थामा कारोबार सुरु गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएपछि कारोबार रोक्ने निर्णय गरिएको नेप्सेले जनाएको छ। प्राविधिक जोखिमलाई ध्यानमा राख्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि सोमबारको कारोबार स्थगित गर्न नेप्सेलाई लिखित आग्रह गरेको थियो।

ब्रोकर एसोसिएसनको अनुरोध तथा विद्यमान प्राविधिक अवस्थाको मूल्याङ्कनपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१९१० बमोजिम सोमबारको नियमित कारोबार स्थगित गरेको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.