सोमबार, आश्विन ५,२०८३ 10:19:23
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 10:19:23
Bizshala
Global IME Bank Limited

शुक्रबारदेखि मौसम उग्र बन्ने, अति भारी वर्षासम्मको सम्भावना

शुक्रबारदेखि मौसम उग्र बन्ने, अति भारी वर्षासम्मको सम्भावना
New Office

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

विभागका अनुसार विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। उक्त अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभावका कारण बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ।

भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव आउन सक्ने र सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्न स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आग्रह गरिएको छ। आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरेनजिकका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र र नदी किनारका बासिन्दालाई विशेष चनाखो रहन भनिएको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहायता माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ। सर्वसाधारणलाई मौसम विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी निरन्तर हेर्नसमेत आग्रह गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.