बुधबार, आश्विन ७,२०८३ 02:32:18
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 02:32:18
Bizshala
Global IME Bank Limited

सर्लाहीमा १३२ केभी प्रसारण लाइन सञ्चालनमा

Bizshala
सर्लाहीमा १३२ केभी प्रसारण लाइन सञ्चालनमा
New Office

काठमाण्डौ । सर्लाहीमा विद्युत् आपूर्ति सुधार तथा प्रसारण प्रणालीलाई थप मजबुत बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्म निर्माण गरिएको प्रसारण लाइन सञ्चालनमा आएको हो। यससँगै चैनपुरामा निर्माण गरिएको १३२र३३र११ केभी सबस्टेसन समेत सञ्चालनमा ल्याइएको छ।

नयाँ प्रसारण संरचना सञ्चालनमा आएपछि सर्लाहीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तर र विश्वसनीयता सुधार हुने प्राधिकरणको अपेक्षा छ।

चैनपुरामा निर्माण गरिएको सबस्टेसनमा १३२र३३ केभी, ३० एमभिए क्षमताका दुई वटा तथा ३३र११ केभी, २४ एमभिए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी संरचनाबाट सबस्टेसनको कुल क्षमता ८४ एमभिए पुगेको प्राधिकरणले जनाएको छ।

स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ३३ केभीका पाँच वटा र ११ केभीका छ वटा फिडर सञ्चालनमा ल्याइएको छ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मलङ्गवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायत सर्लाहीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो हुने प्राधिकरणको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.