बुधबार, आश्विन ७,२०८३ 06:59:19
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:59:19
Bizshala
Global IME Bank Limited

बाढीपीडितको पुनःस्थापनामा सरकार–IFRC सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

Bizshala
बाढीपीडितको पुनःस्थापनामा सरकार–IFRC सहकार्य सुदृढ बनाउने प्रतिबद्धता
New Office

 

काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) का एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच बुधबार भेटवार्ता भएको छ।

भेटमा रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।

मन्त्री बादीले विपद्को कठिन समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा IFRC ले प्रभावित समुदायलाई उपलब्ध गराउँदै आएको मानवीय सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिन्।

उनले विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुनःस्थापनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

IFRC ले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको छ।

भेटमा यस्ता सहयोगलाई अझ व्यवस्थित र समन्वित बनाउँदै वास्तविक आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत छलफल भएको थियो।

मन्त्री बादीले विपद्को प्रभाव महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहमा तुलनात्मक रूपमा बढी पर्न सक्ने भएकाले उनीहरूको विशेष आवश्यकता सम्बोधन हुने गरी संरक्षण र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।

उनले सरकार, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा अन्तर्राष्ट्रिय मानवीय साझेदारबीचको सहकार्य र समन्वय थप मजबुत बनाउनुपर्नेमा पनि जोड दिइन्।

भेटवार्तामा विपद्को तत्कालीन प्रतिकार्यदेखि प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापनासम्म मानवीय सहयोगलाई थप प्रभावकारी बनाउने, संरक्षण आवश्यक पर्ने समूहलाई प्राथमिकता दिने तथा आगामी दिनमा पनि सरकार र अन्तर्राष्ट्रिय मानवीय साझेदारबीच सहकार्य निरन्तरता दिने विषयमा छलफल भएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.