बिहीबार, आश्विन ८,२०८३ 11:49:27
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 11:49:27
Bizshala
Global IME Bank Limited

भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरमा दुई दिन विद्यालय बिदा, बुटवलमा आज दिवा सत्र र भोलि सबै कक्षा बन्द

Bizshala
भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरमा दुई दिन विद्यालय बिदा, बुटवलमा आज दिवा सत्र र भोलि सबै कक्षा बन्द
New Office

काठमाण्डौ। सम्भावित भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै पोखरा, विराटनगर र बुटवलका स्थानीय तहले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। पोखरा र विराटनगरमा असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहनेछन्। बुटवलमा भने असोज ८ गते दिवा सत्र र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द हुनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पोखरा महानगरपालिकाले प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै दुई दिन स्थानीय बिदा दिएको हो। महानगर प्रमुख धनराज आचार्यका अनुसार यो बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ। उनले विद्यार्थी, शिक्षक, अभिभावक र नगरवासीलाई सतर्क रहन आग्रह गरेका छन्।

विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पनि अविरल वर्षाबाट हुन सक्ने जोखिमका कारण दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ। पानी परेपछि नदीनालाको बहाव बढ्ने, बस्ती र सडक डुबानमा पर्ने तथा आवतजावत अवरुद्ध हुने सम्भावनालाई निर्णयको आधार बनाइएको छ। विपद्को अवस्था आए सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारीमा राख्न महानगरले विद्यालय प्रशासनलाई आग्रह गरेको छ।

बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयबाट असोज ८ गते दिवा सत्रका सबै कक्षा र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द गरेको हो। उपमहानगरले अभिभावकलाई बालबालिका खोला किनार र अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन अनुरोध गरेको छ।

मौसमसम्बन्धी सूचनामा असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याइएको छ। त्यसलाई ध्यानमा राख्दै स्थानीय तहहरूले विद्यार्थीको सुरक्षाका लागि पूर्वसावधानी अपनाएका हुन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.