काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स क्यापिटल लिमिटेडलाई ‘सिटिजन्स सुपर ५०’ नामक म्युचुअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ।
बोर्डले सिटिजन्स क्यापिटललाई १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई सर्वसाधारणमा बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो।
सेबोनले उक्त फण्ड निष्कासनका लागि असोज ७ गते अनुमति दिएको हो।
अनुमति पाएसँगै अब सिटिजन्स क्यापिटलले आवश्यक प्रक्रिया पूरा गरी ‘सिटिजन्स सुपर ५०’ का इकाई सार्वजनिक निष्कासनमा ल्याउनेछ।
यस योजनाअन्तर्गत प्रतिइकाई अंकित मूल्यका आधारमा कुल १० करोड इकाई निष्कासन गरी १ अर्ब रुपैयाँ बराबरको कोष निर्माण गर्ने लक्ष्य रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।