बुधबार, श्रावण २७,२०८३ 09:30:19
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:30:19
Bizshala
Global IME Bank Limited

लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक

Prabhu Bank Limited
लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक
New Office

काठमाण्डौ । साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात २४.३९ अंकले बढेर १ हजार ९९८.८९ विन्दुमा पुगेको छ । यससँगै नेप्से लगातार तीन दिन बढेको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘बैंकहरुको ब्याजदर घटेर प्रकाशन हुनु, जेठ १ गतेदेखि ब्रोकर कमिशन घट्नु र बजेट र मौद्रिक नीतिको समीक्षा आउँदै गर्दा आज बजार बढ्न पुगेको हो ।’  

बजारको दिगो सुधारका लागि केहि खुकुलो समीक्षा आउनुपर्ने थापाले बताए । ‘आजको बजारमा बैंकिङ सेक्टरमा भोल्युिमसहित बजार सर्पोट जोनबाट फर्केको छ । यसकारण हालको लागि बजारको बटम यहि भएको र बजार २२ सयसम्म पुग्न सक्छ ।’ उनले भने ।

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि बजार सर्पोट जोनबाटै माथि लागेको र राम्रो भोल्युमसहित बढोत्तरी आएकाले बजारले माथिको यात्रा तय गर्ने बताए । यद्यपी बजार २०४० भन्दा माथि गएपछि मात्रै बजार बुलिस यात्रामा गएको भन्न मिल्ने रिजालले भने ।  

लगानीकर्ताका लागि भने अहिले खरिद गर्ने उपयुक्त समय भएको रिजालले दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा भने रातो पोतियो । आज बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । आज बैंकिङ समूह ३.२१ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज विकास बैंक समूह ०.३० प्रतिशत,हाईडो ०.५७,लगानी २.०४,जीवन बीमा ०.५१ ,लघुवित्त ०.७१,म्युचुअल फण्ड ०.२४ र अन्य समूह ०.८८ प्रतिशतले बढ्यो ।  

आज वित्त समूह ०.१९ प्रतिशत होटल ०.४४, उत्पादन तथा प्रशोधन ०.१० र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक अर्थात ३० करोड ८० लाख रुपैयाँबराबरको कारोबार भयो । आज सिईडिबि हाईड्रोको २८ करोड २३ लाख,कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख र पोखरा फाइनान्सको ६ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नारायणी डेभलपमन्ट बैंक,समाज लघुवित्त,मान्डु हाईड्रो, श्रृजनशिल लघुवित्त,हिमालयन उर्जा र गुराँस लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.६५ प्रतिशतले घट्यो । यो दिन आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ३.३५ र रिभर फल्सको सेयरमूल्य २.५४ प्रतिशतले ओरालो लाग्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.