शुक्रबार, आश्विन ९,२०८३ 07:53:12
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 07:53:12
Bizshala
Global IME Bank Limited

एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोपमा महिला पक्राउ

Bizshala
एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोपमा महिला पक्राउ
New Office

काठमाण्डौ । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार श्रमिकहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका नाममा रहेका बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा शाहीलाई पक्राउ गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार शाहीले विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यही माध्यमबाट उनले हुण्डी कारोबार सञ्चालन गरेको प्रहरीको दाबी छ।

शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा दर्ता रहेको ८८‘शाही मनी ट्रान्सफर’८८का नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामार्फत उक्त रकम कारोबार गरेको पाइएको सिआइबीले जनाएको छ।

हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, सुनसरीबाट पक्राउ अनुमति लिएर शाहीलाई धरानको खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी शाहीमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.