काठमाण्डौ । लगातारको वर्षासँगै बागमती नदीको बहाव बढेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
पौडेलले शुक्रबार बागमती नदीको बहाव, तटीय क्षेत्रको अवस्था तथा सम्भावित जोखिम भएका स्थानको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले नदी आसपासका बस्ती, सडक तथा अन्य संरचनामा बाढीबाट पर्न सक्ने जोखिमबारे सुरक्षा निकायसँग जानकारी लिएका छन्।
नदीको जलसतह बढिरहेको अवस्थामा सम्भावित जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि सम्बन्धित निकायको तयारीबारे समेत उनले जानकारी लिएको बताइएको छ।
लगातारको वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेपछि प्रशासन र सुरक्षा निकायले तटीय क्षेत्रमा निगरानी बढाएका छन्।
यसअघि ट्राफिक प्रहरीले समेत नदी किनारका करिडोर सडकमा यात्रा नगर्न तथा जोखिमयुक्त स्थानमा पार्किङ गरिएका सवारीसाधन हटाउन आग्रह गरिसकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।