शुक्रबार, आश्विन ९,२०८३ 05:36:55
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 05:36:55
Bizshala
Global IME Bank Limited

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच SmartPay IBFT सम्झौता

Bizshala
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच SmartPay IBFT सम्झौता
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT)बीच SmartPay IBFT (Inter Bank Fund Transfer) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौतासँगै हिमालयन बैंक एससीटीको SmartPay Network मा आबद्ध भएको छ। अब बैंकले SmartPay IBFT मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ।

कम्पनीका अनुसार यस सेवाबाट हिमालयन बैंकका ग्राहकले विभिन्न बैंक तथा वित्तीय संस्थाका खाताबीच रकम सहज, सुरक्षित र प्रभावकारी रूपमा स्थानान्तरण गर्न सक्नेछन्।

SmartPay IBFT एससीटीले विकास तथा सञ्चालन गर्दै आएको अन्तरबैंक रकम स्थानान्तरण सेवा हो। यसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम आदानप्रदानलाई सहज बनाउँदै आएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यस सेवाबाट विभिन्न वित्तीय सेवाप्रदायकबीच अन्तरआबद्धता बढ्ने, नेपालको डिजिटल भुक्तानी प्रणाली थप सुदृढ हुने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजीज नेपालमा घरेलु कार्ड प्रणालीको सुरुवात गर्ने संस्थामध्ये एक हो।

एससीटीले हाल बैंक तथा वित्तीय संस्था, वालेट, रेमिट्यान्स कम्पनी र सहकारी संस्थासहितको नेटवर्कमार्फत SCT UnionPay, Visa, Mastercard, NepalPay, Discover तथा RuPay कार्डसँग सम्बन्धित सेवा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी कम्पनीले एटीएम, पोइन्ट अफ सेल (POS), इन्टरनेट तथा मोबाइल बैंकिङ प्लेटफर्म, SmartQR र रकम स्थानान्तरणसम्बन्धी सेवा पनि सञ्चालन गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.