काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित सडकमा आइतबार बिहान करिब ९ बजे सडक माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो ।
पहिरोका कारण सडकमा ढुंगा र माटो थुप्रिएपछि दुवैतर्फको यातायात रोकिएको छ। राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।