सोमबार, आश्विन १२,२०८३ 02:12:49
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 02:12:49
Bizshala
Global IME Bank Limited

धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा

Bizshala
धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा
New Office

 

काठमाण्डौ । नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

युवापुस्तामाझ भेस्पा र अप्रिलिया स्कुटरप्रति बढ्दो आकर्षण तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुम असोज ९ गते विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले देशभर भेस्पा र अप्रिलियाको पहुँच विस्तार गर्ने योजनाअनुसार धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार धनगढी शोरुमबाट पनि अन्य शोरुमसरह बिक्रीपछिको सेवा तथा सुविधा उपलब्ध गराइनेछ । ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा विस्तार गर्दै लैजाने कम्पनीको प्रतिबद्धता रहेको उनले बताए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.मार्फत अब भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल र रङका स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार हालै नाडामा सार्वजनिक गरिएको १७५ सीसी क्षमताको नयाँ अप्रिलिया एसआर १७५ पनि उक्त शोरुममा उपलब्ध हुनेछ । त्यस्तै, भेस्पाका लाइल्याक र ओरो गोल्डेनसहित नयाँ रङका स्कुटरसमेत ग्राहकले आफ्नो रोजाइअनुसार खरिद गर्न सक्नेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.