सोमबार, आश्विन १२,२०८३ 03:20:34
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 03:20:34
Bizshala
Global IME Bank Limited

जनसंख्या घट्दो गतिमा, सुत्केरी बिदा बढाएर प्रोत्साहन दिने सरकारको तयारी

Bizshala
जनसंख्या घट्दो गतिमा, सुत्केरी बिदा बढाएर प्रोत्साहन दिने सरकारको तयारी
New Office

 

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धिदरलाई समेत ध्यानमा राखेर प्रसूति बिदामा थप प्रोत्साहन गर्ने प्रस्ताव गरिएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ प्रस्तुत गर्दै मन्त्री मेहताले नेपालको जनसंख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेकाले बिदासम्बन्धी व्यवस्था थप प्रोत्साहनमूलक बनाउन आवश्यक देखिएको बताइन् । उक्त संशोधन विधेयक असोज ५ गते संसदमा दर्ता भएको संसदको आधिकारिक अभिलेखमा उल्लेख छ। Nepal Parliament

प्रस्तावित विधेयकमा सरकारी, गैरसरकारी तथा निजी निकायमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था गरिएको छ । हाल कायम ९० दिनको बिदालाई बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव हो ।

यस्तै, पत्नी सुत्केरी हुने पुरुष कर्मचारीलाई ४२ दिन तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ । हाल यस्तो बिदा १५ दिन रहेकोमा यसलाई बढाएर ४२ दिन पुर्‍याउन खोजिएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्री मेहताका अनुसार संशोधनको उद्देश्य जनसंख्या वृद्धिलाई प्रोत्साहन गर्नु मात्रै नभई संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई थप प्रभावकारी बनाउनु पनि हो ।

विधेयकमा मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउने विभिन्न व्यवस्था प्रस्ताव गरिएको छ ।

यसअन्तर्गत तालिमप्राप्त प्रसूतिकर्मीबाट प्रसूति सेवा उपलब्ध गराउने, प्रसूति सेवा दिन इन्कार गर्न नपाइने तथा गर्भवती र सुत्केरी महिलामाथि हिंसा गर्न नहुने व्यवस्था समेटिएको छ ।

त्यस्तै, विशेष अवस्थामा गर्न सकिने गर्भपतनसम्बन्धी कानुनी व्यवस्था संशोधन तथा विस्तार गर्ने, बलपूर्वक गर्भपतन गराउने कार्यसँग सम्बन्धित प्रावधान थप गर्ने र त्यस्ता कार्यलाई कसुर कायम गरी सजायको व्यवस्था गर्ने प्रस्ताव पनि विधेयकमा छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी मूल ऐन २०७५ सालमा प्रमाणीकरण भएको थियो । अहिले सरकारले सोही ऐनमा पहिलो संशोधन प्रस्ताव अघि बढाएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.