सोमबार, आश्विन १२,२०८३ 06:29:25
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 06:29:25
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकलाई होन्डा गाडी किन्दा ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा

Bizshala
एनआईसी एशिया बैंकका ग्राहकलाई होन्डा गाडी किन्दा ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा
New Office

 

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बीच बैंकका ग्राहकलाई होन्डा ब्रान्डका विभिन्न सवारी साधन खरिद गर्दा आकर्षक ब्याजदर तथा अन्य विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट चिफ बिजनेस अफिसर–रिटेल बिजनेस अमित केसी र स्याकार ट्रेडिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार होन्डा ब्रान्डका गाडी खरिद गर्ने ग्राहकले परिवर्तनीय ब्याजदर सुविधा रोजेमा बैंकको औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा लिन सक्नेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि ७ वर्षसम्मका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यससँगै प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट तथा छिटो र छरितो रूपमा कर्जा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

बैंकका अनुसार यस सवारी साधन कर्जा सुविधामार्फत ग्राहकले स्याकार ट्रेडिङले बिक्री गर्दै आएका होन्डा ब्रान्डका विभिन्न गाडी खरिद गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकले ग्राहकलाई सवारी साधन खरिद सहज बनाउन प्रतिस्पर्धी ब्याजदर तथा सहुलियतपूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.