काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
संस्थाले हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बराबरको रकम बोनस सेयरका रूपमा वितरण गर्ने प्रस्ताव गरेको छ। यस्तै, बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनसहित चुक्तापूँजीको ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।