काठमाण्डौ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। बैठकमा बाढीपीडितको पुनर्स्थापना, सचिव बढुवा, संघीय निजामती सेवा विधेयकलगायतका विषयमा छलफल हुने तयारी छ।
सरकारले प्रशासनतर्फ र प्राविधिकतर्फ एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
प्रशासनतर्फ सचिव बढुवाका लागि बढुवा समितिले आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस गरिसकेको छ।
त्यस्तै, प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ।
आजको मन्त्रिपरिषद् बैठकले यी सिफारिसमध्ये प्रशासन र प्राविधिक समूहबाट एक–एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्न सक्ने बताइएको छ।
बैठकमा पछिल्लो बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत व्यवस्थापनका विषयमा पनि छलफल गर्ने तयारी छ। त्यसैगरी संघीय निजामती सेवा विधेयकसँग सम्बन्धित विषय पनि मन्त्रिपरिषद्को एजेन्डामा रहेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।