मंगलवार, आश्विन १३,२०८३ 02:48:09
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:48:09
Bizshala
Global IME Bank Limited

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट : एआई, डाटा साइन्स र चिकित्सा शिक्षामा ठूलो फोकस

Bizshala
पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट : एआई, डाटा साइन्स र चिकित्सा शिक्षामा ठूलो फोकस
New Office

 

काठमाण्डौ । पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ। विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार, कृत्रिम बुद्धिमत्ता र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा.डा. पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम पारित गरेको हो।

विश्वविद्यालयले गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गर्ने योजना अघि सारेको छ। यससँगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।

आगामी वर्ष कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटी क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना छ। चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि नयाँ तथा विशिष्टीकृत कार्यक्रम विकास गर्ने नीति लिइएको छ।

विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसमेत राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल सम्पन्न गर्ने योजना छ। त्यसैगरी कोशी अस्पतालसँग सहकार्य गर्दै चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रम पनि अघि बढाइने भएको छ।

सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले उच्च शिक्षालाई बदलिँदो प्रविधि र विश्वव्यापी आवश्यकताअनुसार रूपान्तरण गर्नुपर्ने बताएका छन्। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्रै सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले पारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशन दिएका छन्।

विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका विद्यार्थीका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने योजना पनि अघि सारेको छ।

सभाले कार्यकारी परिषद्का लागि तीन जनालाई तीन वर्षका लागि मनोनयन गर्ने निर्णयसमेत गरेको छ। चिकित्साशास्त्र संकायकी डीन प्रा.डा. परिचा उपाध्याय ढुंगेल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, विराटनगरका प्राध्यापक मोहनबहादुर बस्नेतलाई परिषद्मा मनोनयन गरिएको छ।

विश्वविद्यालयले पारित नीति, कार्यक्रम तथा बजेटमार्फत आफूलाई गुणस्तरीय, अनुसन्धानमुखी, प्रतिस्पर्धी, प्रविधिमैत्री र आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.