बुधबार, आश्विन १४,२०८३ 02:17:42
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:17:42
Bizshala
Global IME Bank Limited

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी, वर्षमा १०० स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य

Bizshala
सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी, वर्षमा १०० स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य
New Office

काठमाण्डौ । नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन्। कार्यक्रममार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फाउन्डर्स हबमा सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, नेटवर्क विस्तार, लगानीका लागि तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्ने अवसर उपलब्ध गराइनेछ। यसबाट नयाँ तथा उदीयमान स्टार्टअपका लागि लगानीका थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

समझदारीपत्रमा सीएनआईवाईईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरे।

साझेदारीअन्तर्गत सीएनआईवाईईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाको सञ्जालमार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार तथा अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ।

दुवै संस्थाबीचको सहकार्य काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहर तथा उदीयमान उद्यमशीलता केन्द्रसम्म विस्तार गर्ने योजना छ। नवप्रवर्तन र उद्यमशीलताको पहुँच विभिन्न भूगोलसम्म पुर्‍याउँदै स्थानीय स्तरमै नयाँ व्यवसाय तथा उद्यमी जन्माउने लक्ष्य साझेदारीले लिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.