बुधबार, आश्विन १४,२०८३ 05:39:01
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:39:01
Bizshala
Global IME Bank Limited

बाढीले मैलुङ खोला जलविद्युत आयोजना ठप्प, ७ कर्मचारी अझै सम्पर्कविहीन

Bizshala
बाढीले मैलुङ खोला जलविद्युत आयोजना ठप्प, ७ कर्मचारी अझै सम्पर्कविहीन
New Office

 

काठमाडौं । रसुवास्थित ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजनामा बाढीले गम्भीर क्षति पुर्‍याएको छ। बाढीपछि आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने कम्पनीमा कार्यरत ७ कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार भदौ १० गते भोटेकोशी–रसुवा क्षेत्रमा आएको बाढीका कारण आयोजना प्रभावित भएको हो।

कम्पनीको ५ मेगावाट क्षमताको मैलुङ खोला हाइड्रोपावर प्रोजेक्ट रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङ दोभानमा अवस्थित छ।

कम्पनीका अनुसार बाढीले आयोजनाको विद्युत् उत्पादनसँग सम्बन्धित संरचना, विद्युतगृह, स्विचयार्ड, आवासगृह, पहुँचमार्ग, प्रसारणसम्बन्धी संरचना तथा अन्य भौतिक पूर्वाधारमा असर पुर्‍याएको प्रारम्भिक रूपमा देखिएको छ। यद्यपि क्षतिको विस्तृत प्राविधिक मूल्यांकन भने अझै भइरहेको छ।

बाढी आएको दिनदेखि नै आयोजनाको विद्युत् उत्पादन प्रभावित भएर पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ। आयोजनाको जडित क्षमता ५ मेगावाट रहेकोमा अहिले शतप्रतिशत उत्पादन क्षमता प्रभावित भएको हो।

७ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीको सबैभन्दा गम्भीर मानवीय प्रभावसमेत आयोजनामा देखिएको छ। कम्पनीका अनुसार आयोजनामा कार्यरत ७ कर्मचारी तथा कामदार हालसम्म सम्पर्कविहीन छन्।

कम्पनीले प्रभावित संरचना तथा क्षेत्रमा प्रारम्भिक निरीक्षणका लागि कर्मचारी र प्राविधिक टोली परिचालन गरिसकेको जनाएको छ।

आम्दानी र नगद प्रवाहमा उल्लेख्य असर

विद्युत् उत्पादन पूर्ण रूपमा बन्द हुनुका साथै आयोजना संरचना र अन्य सम्पत्तिमा गम्भीर क्षति पुगेकाले कम्पनीको आम्दानी, नगद प्रवाह, सञ्चालन तथा समग्र वित्तीय अवस्थामा प्रत्यक्ष र उल्लेख्य प्रभाव परेको कम्पनीले जनाएको छ।

तर वास्तविक वित्तीय क्षति कति भयो भन्ने विषय भने अझै यकिन भइसकेको छैन। विस्तृत प्राविधिक तथा वित्तीय मूल्यांकनपछि मात्रै क्षतिको वास्तविक परिमाण निर्धारण हुने कम्पनीले स्पष्ट पारेको छ।

विद्युत् उत्पादन र आम्दानीमा परेको असरका कारण कम्पनीको नगद प्रवाहसँगै बैंक ऋण भुक्तानी तथा ऋण सेवा क्षमतामा समेत प्रभाव पर्न सक्ने देखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पुनः सञ्चालनको समय अनिश्चित

आयोजनासम्म पुग्ने पहुँचमार्ग बेत्रावती क्षेत्रदेखि नै क्षतिग्रस्त भएको र आयोजनाका संरचनामा व्यापक क्षति पुगेकाले आयोजना कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने निश्चित गर्न नसकिने कम्पनीले जनाएको छ।

विस्तृत प्राविधिक मूल्यांकन पूरा भएपछि मात्रै मर्मत, पुनःस्थापना र पुनः उत्पादन सुरु गर्न सकिने सम्भावित समय निर्धारण गरिनेछ।

कम्पनीका अनुसार आयोजनासँग सम्बन्धित प्रसारण लाइन, स्विचयार्ड तथा अन्य विद्युत् पूर्वाधारमा परेको क्षतिको समेत प्राविधिक निरीक्षण भइरहेको छ।

बीमा दाबीको तयारी

आयोजनाका सम्बन्धित संरचना तथा सम्पत्तिको बीमा गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीमा कम्पनीलाई प्रारम्भिक जानकारी दिइसकेको छ। विस्तृत क्षति मूल्यांकन पूरा भएपछि बीमा दाबी प्रक्रिया अघि बढाइनेछ।

कम्पनीले अहिले आयोजना क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने, क्षतिको विस्तृत मूल्यांकन गर्ने, बीमा दाबी अघि बढाउने, मर्मत तथा पुनःस्थापनाको योजना तयार गर्ने र सकेसम्म छिटो विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।

नेपाल स्टक एक्सचेञ्जले हालैको बाढी तथा प्राकृतिक विपद्ले जलविद्युत आयोजनामा पारेको प्रभावबारे विवरण मागेपछि मैलुङ खोला जलविद्युत कम्पनीले उक्त प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.