काठमाण्डौ । सरकारले टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामाी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘ टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन,हस्तान्तरण वा स्थानान्तरण हुन प्रोत्साहित गरिनेछ । ’ पौडेलले भने ।