काठमाण्डौ । सरकारले ५ हजार रोजगारी सिर्जना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै सूचना प्रविधि सञ्चालन गरी कम्तिमा ५ हजार रोजगार सिर्जना गर्ने बताएका हुन् ।
सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडी बढाइने पौडेलले बताए ।
साथै पौडेलले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरि नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ को रुपमा विकास गरिने बताए । काठमाण्डौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त थानाहरुमा सूचना प्रविधि (वर्क स्टेशन) सञ्चालन गरी कम्तिमा ५ हजार रोजगारी सिर्जना गर्ने पनि पौडेलले बताए ।