काठमाण्डौ । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गरिने बताएका छन् । ‘आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ ।’ पौडेलले भने ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।