काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडका एक आधारभूत सेयरधनीले आफ्नो नाममा रहेको एक लाख कित्ता सेयर बिक्री गर्न मनसायसहित कम्पनीमा निवेदन दिएका छन्।
कम्पनीले जारी गरेको पत्रअनुसार आधारभूत सेयरधनी दिपेन्द्रबहादुर साउदले आफ्नो नाममा रहेको १ लाख कित्ता सेयर बिक्री गर्न चाहेको जानकारी गराएका हुन्।
कम्पनीले आधारभूत सेयरधनीले आफ्नो सेयर बिक्री गर्न चाहेमा सो सम्बन्धमा १५ दिन अगावै जानकारी गराउनुपर्ने प्रावधान रहेको उल्लेख गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।