काठमाडौं। सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै शंकरमाली निर्माण सेवा प्रालि र मान शाही निर्माण सेवालाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
काठमाडौं कोटेश्वरस्थित शंकरमाली निर्माण सेवाका मुख्य व्यक्ति दानबहादुर कार्की र कालिकोट खाडाचक्र–१ स्थित मान शाही निर्माण सेवाका मुख्य व्यक्ति सूर्यबहादुर शाही छन्। यस्तै, काठमाडौं कलंकीस्थित कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिका सञ्चालक माधव घिमिरे र हरिप्रसाद घिमिरे रहेका छन्।
सूचना प्रकाशित भएको मितिदेखि लागू हुने निर्णयअनुसार कालोसूचीको अवधिभर यी कम्पनीले सार्वजनिक निकायका खरिद तथा बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।