बिहीबार, आश्विन १५,२०८३ 07:06:22
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 07:06:22
Bizshala
Global IME Bank Limited

म्युचुअल फण्डको रोजाइमा बैंकिङ सेयर, सानिमा र एभरेष्टमा सबैभन्दा बढी आकर्षण

Bizshala
म्युचुअल फण्डको रोजाइमा बैंकिङ सेयर, सानिमा र एभरेष्टमा सबैभन्दा बढी आकर्षण
New Office

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा बैंकिङ समूहका सेयरप्रति लगानीकर्ताको चासो विस्तारै बढ्न थालेको देखिन्छ ।  

तुलनात्मक रूपमा न्यून मूल्य, नियमित लाभांशको सम्भावना र दीर्घकालीन लगानीका हिसाबले वाणिज्य बैंकका सेयर आकर्षक मानिँदै आएका बेला संस्थागत लगानीकर्ता म्युचुअल फण्डहरूले समेत बैंकिङ सेयरलाई पोर्टफोलियोमा प्राथमिकता दिएका छन् ।  

आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको विवरण हेर्दा ११ म्युचुअल फण्डले ९ वटा वाणिज्य बैंकको सेयरमा लगानी गरेको देखिन्छ  । यसले म्युचुअल फण्डहरूको रोजाइमा बैंकिङ क्षेत्र अझै महत्वपूर्ण लगानी गन्तव्य रहेको संकेत गरेको छ ।  विशेषगरी सानिमा, एभरेष्ट, प्राइम र एनएमबी बैंकको सेयरमा धेरै फण्डको उपस्थिति देखिनुले यी बैंकप्रति संस्थागत लगानीकर्ताको तुलनात्मक आकर्षण बढी रहेको देखाएको छ ।  

आर्थिक वर्ष २०८३/८४ को अपरिष्कृत भदौ मसान्तसम्मको आय–व्यय विवरणअनुसार ११ म्युचुअल फण्डले विभिन्न ९ वाणिज्य बैंकको सूचीकृत सेयरमा लगानी गरेका छन् ।  

म्युचुअल फण्डहरूको रोजाइमा सबैभन्दा अगाडि सानिमा बैंक देखिएको छ । सानिमा बैंकको सेयरमा ८ वटा म्युचुअल फण्डले लगानी गरेका छन्  । त्यस्तै एभरेष्ट बैंक र प्राइम कमर्सियल बैंकमा समान ७–७ वटा फण्डले लगानी गरेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनएमबी बैंकमा ६ वटा म्युचुअल फण्डको लगानी छ भने ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा समान ४–४ वटा फण्डले लगानी गरेका छन् ।

त्यस्तै माछापुच्छ्रे बैंकमा ३ वटा, नबिल बैंकमा २ वटा र एनआईसी एशिया बैंकमा एउटा म्युचुअल फण्डले लगानी गरेको देखिएको छ ।

सानिमा बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, गरिमा सुवर्ण योजना, सिटिजन्स सदाबहार योजना, सिटिजन्स सुपर ३०, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम र प्रभु सेलेक्टलगायत फण्डको लगानी रहेको छ ।

एभरेष्ट बैंकमा हिमालयन ८०–२०, गरिमा सुवर्ण योजना, सिटिजन्स सन्तुलित योजना, सिटिजन्स सुपर ३०, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, प्रभु स्मार्ट र प्रभु सेलेक्टले लगानी गरेका छन् ।

प्राइम कमर्सियल बैंकमा हिमालयन ८०–२०, सिटिजन्स सदाबहार योजना, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, प्रभु स्मार्ट, प्रभु सेलेक्ट, सानिमा फ्लेक्सी र सानिमा इक्विटीको लगानी देखिन्छ ।

एनएमबी बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, प्रभु स्मार्ट, प्रभु सेलेक्ट, सानिमा फ्लेक्सी र सानिमा इक्विटीले लगानी गरेका छन्।

ग्लोबल आइएमई बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम र प्रभु सेलेक्टको लगानी छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना, सिटिजन्स सन्तुलित योजना र सिटिजन्स सुपर ३० ले लगानी गरेका छन् ।

त्यस्तै नबिल बैंकमा हिमालयन ८०–२० र सिटिजन्स सुपर ३०, माछापुच्छ्रे बैंकमा हिमालयन ८०–२०, गरिमा समृद्धि योजना र सानिमा इक्विटीको लगानी छ । एनआईसी एशिया बैंकमा भने हिमालयन ८०–२० को मात्रै लगानी रहेको छ ।

समग्रमा हेर्दा म्युचुअल फण्डहरूको बैंकिङ सेयरप्रतिको रुचि व्यापक भए पनि सानिमा, एभरेष्ट, प्राइम र एनएमबी तुलनात्मक रूपमा बढी रोजाइमा परेको देखिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.