म्युचुअल फण्डको रोजाइमा बैंकिङ सेयर, सानिमा र एभरेष्टमा सबैभन्दा बढी आकर्षण
काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा बैंकिङ समूहका सेयरप्रति लगानीकर्ताको चासो विस्तारै बढ्न थालेको देखिन्छ । तुलनात्मक रूपमा न्यून मूल्य, नियमित लाभांशको सम्भावना र दीर्घकालीन लगानीका हिसाबले वाणिज्य बैंकका सेयर आकर्षक मानिँदै आएका बेला संस्थागत लगानीकर्ता म्युचुअल फण्डहरूले समेत बैंकिङ सेयरलाई पोर्टफोलियोमा प्राथमिकता दिएका छन् । आर्थिक वर्ष २०८३/८४ को भदौ...

