काठमाण्डौ । ब्रिलियन्ट सेक्युरिटिजले काठमाडौंका विभिन्न कलेजमा वित्तीय साक्षरता तथा लगानी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
कम्पनीले कोटेश्वरस्थित ट्राइटन एस.एस. एन्ड कलेज, बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजलगायत विभिन्न शैक्षिक संस्थामा कार्यक्रम आयोजना गरेको जनाएको छ। विद्यार्थी तथा शिक्षकमा वित्तीय ज्ञान, लगानीसम्बन्धी बुझाइ र पूँजी बजारप्रतिको सचेतना बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा वित्तीय योजना, शेयर बजारका आधारभूत विषय, लगानीसम्बन्धी ज्ञान तथा पूँजी व्यवस्थापनलगायतका विषयमा जानकारी दिइएको थियो। अन्तरक्रियात्मक सत्रमा सहभागी विद्यार्थी तथा शिक्षकले पूँजी बजार, लगानीका अवसर र वित्तीय निर्णय गर्दा ध्यान दिनुपर्ने विषयबारे जिज्ञासा राखेका थिए।
ब्रिलियन्ट सेक्युरिटिजका अनुसार युवा पुस्तालाई बचत, लगानी तथा वित्तीय व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्दै जिम्मेवार वित्तीय बानी विकास गर्न कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीले विद्यार्थीलाई पूँजी बजार र लगानीका आधारभूत पक्षबारे जानकारी गराई भविष्यमा सूचित र जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
ब्रिलियन्ट सेक्युरिटिज नेपाल स्टक एक्सचेन्जको ब्रोकर नम्बर ८ हो। कम्पनीका अनुसार उससँग ९५ हजारभन्दा बढी ग्राहक र तीनवटा शाखा कार्यालय छन्। कम्पनीले धितोपत्रसम्बन्धी सेवासँगै वित्तीय साक्षरता तथा लगानी सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।