काठमाडौं। ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ। यसका लागि बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट बोलपत्र आह्वान गरेको छ।
इच्छुक कम्पनीले अक्टोबर ९ अर्थात् असोज २३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। सहभागी कम्पनी कम्तीमा तीन वर्षदेखि दर्ता भएको, प्रस्तावित उत्पादनको अधिकृत वितरक तथा बैंक, संस्थागत क्षेत्र वा सरकारी निकायमा समान प्रकृतिका कम्तीमा तीनवटा आपूर्ति कार्य गरेको अनुभव भएको हुनुपर्नेछ।
बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ वा २०८२/८३ मध्ये कुनै एक वर्षमा कम्पनीको वार्षिक कारोबार कम्तीमा ५० लाख रुपैयाँ हुनुपर्नेछ। बोलपत्रसँग आवश्यक कानुनी, कर, वित्तीय तथा अनुभवसम्बन्धी कागजातका साथै परीक्षणका लागि खाली कार्डका कम्तीमा पाँच थान नमुना पनि बुझाउनुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।